राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८ घोषणा

नेपाली कला, संस्कृति तथा लोक गीतको पहिचान तथा प्रवर्द्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला)को आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने छ। 

आयोजक संस्था डिएआर मुभिजले यसअघि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको आयोजना गरेको थियो । उक्त महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्‍याली गरिएको थियो । ०७६ साल फागुनमा  टुँडिखेलमा भएको कार्यक्रममा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

यस पटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगिता सहितको सांस्कृतिक मौलिक मेला) को  दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक कमिटीको अनुमान रहेको छ ।

चैत्र दोस्राे साता टुँडिखेलमा हुने कार्यक्रममा दर्शकले निशुल्क अवलोकन गर्न पाउनेछन् । विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरूको सहभागिता रहनेछ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार ११:४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया