श्रीलंकाको संसद् बन्यो रणमैदान

काठमाडौं– श्रीलंकामा राजनीतिक संकट चुलिएको छ । संसद्को विश्वास प्राप्त गर्न नसककेका प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदबीच कुटाकुट भएको छ । संसद्ले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेपछि बिहीबारको संसद् बैठकमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखलाई आक्रमण गर्न थालेपछि भिडन्त भएको हो।

राजापाक्षेले संसद बैठकमा बोल्दै आफूलाई ध्वनिमतका आधारमा हटाउने अधिकार सभामुखलाई नभएको जिकिर गरेका थिए । सभामुख कारु जयसूर्याले मुलुकमा अहिले प्रधानमन्त्री नरहेको बताएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षेले यति महत्वपूर्ण विषयमा ध्वनि मतका आधारमा अविश्वास प्रस्तावको  निर्णय गर्न नहुने बताएका थिए ।

प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई हटाउने अधिकार उनले सभामुखसँग नभएको उनको दाबी थियो । सभामुखले एकपक्षीय भएर आफ्नो पार्टीको अडान देखाएको आरोप राजापाक्षेको थियो । अहिलेको समस्याको समाधान गर्ने उचित विकल्पका लागि ताजा जनादेशमा जानुपर्ने उनको सुझाब थियो ।

अविश्वास प्रस्ततावमाथि निर्णय गर्न मतदानमा जानुपर्ने माग गर्दै राजापाक्षेका समर्थक संसद हलको बीचमा जम्मा भएका थिए । केही सांसद भने  सभामुखविरुद्ध नाराबाजी गर्दै अघि बढेका थिए । त्यस क्रममा झडप हुँदा ३० भन्दा बढी सांसद आपसमा भिडेका थिए । 

राजापाक्षे समर्थक केही सांसदले सभामुखमाथि पानीको बोतल, किताब आदि फ्याँकेका थिए । राजापाक्षेका विरोधी सांसदले सभामुख कारु जैसूर्यालाई घेरेर सुरक्षा दिएका थिए ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७५ बिहीबार १५:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया