एमालेमा बहस सकिएको छैन, हामी बहसमा नै छौँः शंकर पोखरेल

नेकपा एमालेका नेता शंकर पोखरेलले अहिले पनि एमालेमा बहस चलिरहेको बताएका छन् । उनले आफूहरु आन्तरिक बहस नभएर पनि राष्ट्रिय बहसमा रहेको बताएका छन् ।

‘अहिले सबैभन्दा बढी बहसमा रहेको पार्टी भनेको एमाले नै हो,’ उनले भनेका छन्, ‘हाम्रो पार्टी पूरै रुपमा राष्ट्रिय बहसमा केन्द्रित भएको छ ।’

नेपाल बुद्धिजीवी परिषद्ले गरेको कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् । 

उनले अहिले विभिन्न मिथ बनाएर आफ्नो पार्टीलाई बहसबाट बाहिर भएको गलत सन्देश बाहिर लगिएको पनि बताएका छन् । उनले एमाले बहसबाट कहिल्यै बाहिर नजाने पनि बताएका छन् ।

 





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १३:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया