बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् । 

महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन् । 

जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्त्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद् रहेको बताइन् । प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिइन् । 

सोही कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासिनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराए । विशेषगरी उनले प्रदेश प्रहरी ऐनलाई अझै पूर्णता नदिएको उनको गुनासो छ । 





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १४:५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया