नेपालमा दुई दिने अस्कर फिल्म फेस्टिभल

आगामी मंसिर १० र ११ गते नेपालमा ‘अस्कर फिल्म फेस्टिभल’ हुने भएको छ । अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले चलचित्र विकास बोर्डसँगको सहकार्यमा दुई दिने फेस्टिभलको आयोजना गर्न लागेको हो । फेस्टिभल चलचित्र विकास बोर्डको हलमा सञ्चालन हुनेछ। 

नेपालमा पहिलो पटक चलचित्र सम्बन्धि विषय पढाउने अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीले बनाएका चलचित्र यस फेस्टिभलमा सहभागी हुनेछन् । फेस्टिभलमा विश्वका विभिन्न फेस्टिभलमा छानिएका चलचित्रमात्रै सहभागी हुन पाउनेछन् । फेस्टिभलमा नेपाली सिनेमासम्बन्धि विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत हुनेछन् । 

कोरोना महामारीका कारण अघिल्लो वर्ष भर्चुअल माध्यममा गरिएको फेस्टिभल यसपटक भौतिक रूपमै सम्पन्न हुनेछ ।  





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १५:१८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया