प्रदेश २ सरकारले प्रदेश मुद्रण छापाखाना भवन निर्माण गर्न लागेको छ । सोमबार जनकपुरधामस्थित मधेस भवन परिसरभित्र प्रदेश मुद्रण छापाखाना स्थापनाका लागि भूमिपुजन गरिएको हो ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश छापाखाना स्थापनाका लागि भूमि पूजन गरेका छन् ।
छापाखाना स्थापना भएपछि प्रदेश सरकारले प्रकाशित गर्ने गरेका विभिन्न छापा तथा मुद्रण आफैँ प्रकाशित गर्नेछन् भने रेडबुकदेखि विभिन्न किसिमका दस्तावेजसमेत आफैँ प्रकाशित गर्नका लागि छापाखाना स्थापना गर्न लागिएको बताइएको छ ।
प्रदेश मुद्रण छापाखाना भवनमा दुईवटा स्टोरेज ३६ स्क्वायर फिटमा रहने जनाइएको छ । २ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको प्रदेश मुद्रा छापाखाना भवन एक वर्षभित्र जेबी शर्मा फाउन्डेसनले निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।