कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेको नेपाली चलचित्र उद्योग बिस्तारै गति लिने प्रयासमा छ । यसैबीच, चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आरजे म्युजिक एन्ड फिल्मले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको बताएको हो । चलचित्रमा नवनायक कुन्साङ बोम्जन र अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा देखिने भएका छन् । म्युजिक भिडियो रमेका कुन्साङले यसै चलचित्रबाट नायकको रुपमा डेब्यु गर्नेछन् ।
आरजे म्युजिक एन्ड फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन् । दीपेन्द्र लामाको निर्देशनमा बन्ने उक्त चलचित्र आउँदो माघबाट छायांकन गर्ने निर्माण कम्पनीले बताएको छ ।
निर्माता दैलेखीले चलचित्रको कथावस्तु बलियो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास व्यक्त गरे । अभिनेत्री गौतमले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न तयार भएको बताइन् । त्यस्तै, कुन्साङले राम्रो कथावस्तुमा काम गर्नका लागि आफू उत्साहित रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।