अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् ।

सोमबार नेपाल बार एसोसिएसनले ज्ञापनपत्र बुझाएपछि उनले न्यायालयको विकृति र विसंगति अन्त्यका लागि नेपाल बारले उठाएको आन्दोलन व्यक्ति विशेषका लागि नभएको पनि स्पष्ट पारे । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले अदालतमा देखिएका ती समस्याबारे बोल्न दलहरुले अब ढिलाई गर्न नहुने बताए ।  उनले राज्यका अंगभित्र भएका समस्या आफैँ हल गरुन् भन्ने आफूहरुको चाहना रहे पनि अब सत्तारुढ गठबन्धनले त्यो समस्या समाधानका लागि चाँडै पहल गर्नुपर्ने बताए । 

उनले भने, ‘राजनीतिक संयन्त्रले अब चाँडै न्यायालयको समस्याको विषयमा साझा धारणा बनाएर निकास खोज्ने प्रयास गर्नेछ । समाजवादी पार्टीको धारणा पनि राज्यका संरचनामा समस्या छ । यस्ता समस्याको विषयमा छलफल हुनुपर्छ । अव कुनै पनि बहानामा यसलाई संरक्षण गर्नुहुँदैन भन्ने धारणा छ ।’

अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीले उठाएको विषय स्वाभाविक भएको पनि बताए । 





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १८:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया