देउवा दम्पती डडेलधुराबाट महाधिवेशन प्रतिनिधिमा चयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको१४औं राष्ट्रिय महाधिवेशनका लागि डडेलधुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। 

सोमबार सम्पन्न निर्वाचनबाट प्रधानमन्त्रीसमेत रहेका देउवा र उनकी पत्नी आरजु राणा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत रुपमा चयन भएका हुन्।

पार्टी विधानको धारा १५ को उपधारा १ (ग)मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छ। यद्यपि देउवा स्वेच्छाले महाधिवेशन प्रतिनिधिमा लडेका हुन् । 

देउवाले मञ्‍जुरीनामामार्फत महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए।





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार २०:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया