डाेटीमा एकआपसमा झगडा हुँदा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाेगटानफुड्सिल गाउँपालिका-१ उल्टेपानीका ४९ वर्षीय धनबहादुर मगर रहेका छन् ।
स्थानीय टेकबहादुर मगरकाे घरमा खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद हुँदा मिलनले धनबहादुरलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका धनबहादुरलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
मिलनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।