एमाले महाधिवेशन : कुन पदमा उम्मेदवारी दिँदैछन् घनश्याम भुसाल?

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको १० औं महाधिवेशनमा उपाध्यक्ष र महासचिवमध्ये एक पदमा उम्मेदवारी दिने भएका छन् । पार्टी विभाजनको बेला एमालेमै रहेका भुसालले आसन्न महाधिवेशनमा उपाध्यक्ष र महासचिव पदमा इच्छा देखाएका हुन् । 

स्रोतका अनुसार उम्मेदवारी दिने भए पनि उनी भीम रावलको प्यानलबाट भने महाधिवेशनमा भिड्ने छैनन् । सर्वसम्मत भएमा उनले उपाध्यक्षमा चित्त बुझाउने सम्भावना रहेको छ । 

उपाध्यक्ष पद अन्यलाई दिने सहमति भएमा भने भुसाल महासचिवमा पनि उठ्नसक्ने बताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट पनि उपाध्यक्ष र महासचिवमा आकांक्षी देखिएका छन् । यस्तो अवस्थामा भुसालले सर्वसम्मत महासचिव र उपाध्यक्षमध्ये एक पद नपाउन सक्छन् ।  

संस्थापन इतरकाले पदाधिकारी थप्नुपर्ने दबाब दिइरहेका छन् । तर, ओली समूहका प्रदीप ज्ञवालीलगायतले भने व्यवस्थापन गरेर अगाडि बढ्नुपर्ने बताउँदै आइरहेका छन् ।

एमालेभित्र अहिले दुई उपाध्यक्ष र चारजना सचिव थप्ने वा नथप्ने विषयमा बहस भइरहेको छ । एमाले केन्द्रीय कमिटी बैठक ९ मंसिरमा चितवनमा बस्ने सम्भावना छ ।    

एमाले महाधिवेशनको उद्घाटन कार्यक्रम १० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा हुँदैछ । नयाँ नेतृत्व चयनका लागि सौराहामा मंसिर ११ र १२ मा बन्दसत्र हुनेछ ।  





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ९:२१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया