प्रचण्डले चितवनबाटै चुनाव लड्ने
फाइल फाेटाे

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आम निर्वाचनमा चितवनबाटै चुनाव लड्ने भएका छन् ।

साेमबार चितवनकाे भरतपुर महानगरपालिका-२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।

भरतपुर महानगरकाे विकास भइरहेकाे र आगामी दिनमा अझ विकास गर्नका लागि चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने उनले स्पष्ट पारे ।

चितवनका रहेका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसाेबासीलाई निर्वाचन अगाडि नै जग्गा वितरण पनि गरिने उनले दाबी गरेका छन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतको उपस्थिति रहेकाे थियाे ।


 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १०:८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया