डडेल्धुरा कांग्रेसको सभापतिमा साउँद विजयी

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा सभापतिमा भीम बहादुर साउँद विजयी भएका छन् ।

कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा साउँद विजयी भएका हुन् ।

सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँदको टिम नै विजयी भएको छ । साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए । 

विवादका बावजुद पनि डडेल्धुरामा सातौं जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला सभापति कर्ण मल्ल समूह फेरि अधिवेशन गर्नुपर्ने माग गर्दै काँग्रेस केन्द्रीय कार्यालयमा अनसनरत छ ।

विजयी भएका साउँद पर्शुराम नगरपालिकाका मेयर समेत हुन् । यस्तै उपसभापतिमा लक्ष्मीप्रसाद अवस्थी, डिल्लीराज जोशी, सचिबमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएको जनाएको छ । यस्तै सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १०:२६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया