प्रदेश २ मा हुस्सु र शीतलहरले जनजीवन कष्टकर

प्रदेश २ का जिल्लामा एक्कासि बाक्लो हुस्सु र शीतलहर चलेपछि जनजीवन प्रभावित भएको छ । मंगलबार बिहानैदेखि यस क्षेत्रमा चिसो बढेको छ ।

एक्कासि चिसो बढेपछि जनकपुरधामसहित यस क्षेत्रका शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ । 

चिसो बढेपछि स्थानीयहरूले ठाउँठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् । मंगलबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुको कारण गाडी, मोटरसाइकलहरू लाइट बालेर चलाउनुपर्ने अवस्था छ ।

हुस्सुको कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको संख्यासमेत घटेको छ । पुस र माघमा लाग्ने हुस्सु र शीतलहर मंसिरको सुरुको पहिलो सप्‍ताहमै सुरु भएपछि सर्वसाधारणले यस वर्षको चिसो लामो हुने अनुमान लगाएका छन् ।   





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ११:१५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया