एमाले अधिवेशन : तेह्रथुमका ६ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन

एमाले तेह्रथुमले नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन  सम्पन्न गरेको छ ।

म्याङलुङ नगरपालिकामा गोविन्दबहादुर सोदेम्बा, फेदाप गाउँपालिकामा राम तिम्सिना, आठराईमा प्रेमराज पौडेल, मेन्छ्यायेम यादबबहादुर खापुङ, लालीगुराँस नगरपालिकामा गणेश सेने र छथर गाउँपालिकामा धर्मराज खुलाल चयन भएको एमाले तेह्रथुमका प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले बताए ।

९ कात्तिकमा देशैभर पालिका अधिवेशन तोकिए पनि बाढी-पहिरोका कारण तोकिएको समयमा तेह्रथुममा पालिका अधिवेशन हुन सकेको थिएन । करिब दुई सातापछि वडा अधिवेशन सम्पन्न गरेको एमाले तेह्रथुमलाई पालिका अधिवेशनमा नयाँ नेतृत्व चयन गर्न सकस भएको थियो । 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ११:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया