आजबाट सबै किसिमका मुद्दाको पेसी चढाइयो, १० इजलासमा ५९३ मुद्दा

न्यायाधीशको बहिष्कार र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेका बेला मंगलबार भने सबै किसिमको मुद्दाको पेसी चढाइएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूबाहेक १० वटा इजलास गठन गरेका छन् । मंगलबार पनि आफूलाई इजलास नतोकेका जबराले ५९२ मुद्दाको पेसी चढाएका हुन् ।

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधानलाई राजपत्रमा प्रकाशित गरिएको भोलिपल्ट मंगलबार सबै किसिमको मुद्दाको सुनुवाइ हुन लागेको हो ।
 
सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश इजलास बहिष्कार गरेर आन्दोलनमा उत्रिएका थिए भने नेपाल बार एसोसिएसन अहिले जबराको राजीनामा मागेर आन्दोलनमै छ । 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १२:३०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया