एमाले स्थायी कमिटी बैठकका यस्ता छन् पाँच एजेन्डा

एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो ।

एमालेले १०औं महाधिवेशनको पूर्वसन्ध्यामा महाधिवेशनसम्बन्धी विभिन्न निर्णय लिनुपर्ने भएको स्थायी कमिटी बैठक बोलाएको हो । सोमबार नै बैठक बोलाइए पनि मंगलबारका लागि सारिएको हो ।

एमाले सचिव योगेश भट्टराईले बैठकमा पाँचवटा एजेन्डा रहेको बताएका छन् । उनका अनुसार आजको स्थायी कमिटी बैठकमा महाधिवेशन व्यवस्थापन, उदघाटन र बन्दसत्रका कार्यक्रम, प्रतिनिधि छनोटको अवस्था, महाधिवेशन प्रतिनिधि छनोट (५ प्रतिशत) र निर्वाचन आयोगका बारेमा छलफल हुनेछ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १४:४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया