महाधिवेशनमा माधव नेपालाई पार्टीका रूपमा निम्ता गर्न मिलेन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशनमा माधव कुमार नेपाललाई निम्तो नदिने बताएका छन् । सम्पादकहरूसँग राजधानीमा छलफल गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘माधव कुमार नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन’ ओलीले भने । ओलीले षड्यन्त्रपूर्ण कामहरू पार्टीविरुद्ध गरेको कारणले नेपाललाई महाधिवेशनमा निम्तो दिन नसक्ने बताए ।

‘आफ्नो सरकार ढाल्ने र विपक्षीको सरकार बनाउनेजस्ता लोकतन्त्रमा नसुहाउने, देशको अहितमा काम गरेका हुनाले साउन २५ गते कारबाही गरेर निष्कासन गरेको थियो । त्यो कुरा संसद सचिवालयमा जानकारी गराइएको छ । निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ’ ओलीले भने, ‘निष्कासन गराइएका मान्छेलाई साथमा लिएर मध्यरातमा संसद अन्त्य गर्ने, भोलिपल्ट अध्यादेश जारी गर्ने । एमाले फुटाउनका लागि २० प्रतिशत राखेर गरियो । प्रतिष्ठित संचार माध्यमहरूले ४० प्रतिशत राख्दा जति आलोचना गरिएको थियो २० प्रतिशत राख्दा गरिएन ।’

माधव नेपालको पार्टीलाई एमालेबाट निस्किएको गुटको रूपमा ओलीले अर्थ लगाए । ‘एमालेका विरुद्ध अलोकतान्त्रिक, षडयन्त्रपूर्वक काम गरेकाले माधव नेपाललाई र पार्टीले निष्कासित गरेको गुटलाई पार्टी मान्न सक्दैनौँ’ उनले भने ।

साथै, उनले आउने चुनावबाट नेकपा एमाले नै बहुमतमा आउने दोहोर्‍याए ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १५:२३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया