ओलीले भने - माओवादीबाट आएकाहरू पनि चुनाव लडेर निर्वाचित हुनुपर्छ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताएका छन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए ।

माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने हो । यसको पक्षबाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन । महाधिवेशनबाट अन्तरघुलित भएर अघि बढछौँ ।'





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १६:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया