महाधिवेशन प्रतिनिधिमा अन्तिम तीन दाबेदारको बराबरी, जिल्ला सभापतिका आकांक्षी एक मतले विजयी

कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेस कैलालीका जिल्ला सभापति पदका दाबेदार प्रकाशबहादुर बम महाधिवेशन प्रतिनिधिमा  विजयी भएका छन् । 

वर्तमान उपसभापति रहेका बम एक मतले विजयी भएका हुन् । उनको २५८ र उनका तीनजना प्रत्याशीको मत २५७ छ । बम कैलाली पार्टी सभापतिको आकांक्षी पनि हुन् ।

कांग्रेसमा जिल्ला सभापति हुनका लागि महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ । कैलालीमा क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा विजयी हुनेमा सुनीलकुमार भण्डारी ३०६, वीरेन्द्र भट्ट ३०१, उत्तमबहादुर कठायत २९०, गोपालबहादुर देउवा २७९, टेकराज जोशी २८७, रामबहादुर कलेल २७०, ध्रुवराज भट्टराई २५८, प्रकाशबहादुर देउवा २६५ र प्रकाशबहादुर बम २५८ विजयी भएका छन् । सुरतबहादुर कार्की, रामचन्द्र ओझा पदमराज जोशीको २५७ बराबर मत आएको छ ।

खुला महाधिवेशन प्रतिनिधिमा १० जना छानिनुपर्नेमा १० नम्बरमा छानिनुपर्नेमा तीनजनाको बराबर मत आएपछि गोलाप्रथाबाट छानिने कैलाली कांग्रेसका प्रचार विभाग प्रमुख नृप सुनारले जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार २०:३६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया