चलचित्र निर्देशक वान्तवा कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

निर्देशक तथा चर्चित कोरियोग्राफर रेनशा​ वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । इलाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रेनशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् ।​

रेनशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गराएकी थिइन् । तीनजना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेदवारी परेको थियो । 

यो कोटाबाट चन्द्रमाया लिम्बू (६८३), बबिता लिङ्ग (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिए । महाधिवेशन प्रतिनिधिको दौडमा चौथो भएकी सरिता श्रेष्ठले (४२२) र पाँचौ भएकी निराशाले (३४३) मत पाए ।

इलामको चुलाचुली पुर्ख्याैली घर भएकी  रेनशा केही समयअघि मात्रै इलाम आएकी थिइन् ।  उनी ‘इन्टुमिन्टु लन्डनमा’ चलचित्रकी निर्देशक हुन् । 

उनले धेरै गीतमा कोरियोग्राफी गरेकी छन् । १५ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा क्रियाशील  रेनशा आफ्नो क्षेत्रमा स्थापित छिन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ११:६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया