अन्ततः हुने भयाे पल्पसाको मिर्गौला प्रत्यारोपण

हाँस्यकलाकार पल्पसा डंगोल मिर्गौला प्रत्यारोपणको अन्तिम चरणमा पुगेकी छन् । मिर्गौला प्रत्यारोपणका लागि गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी अबको २ महिनाभित्र उनको मिर्गौला प्रत्यारोपण भइसक्ने छ ।

कानुनी प्रक्रिया पूरा गरेर अस्पतालबाट फर्किएपछि पल्पसाले भनिन्, ‘अब चाँडै मिर्गौला पाउने भएँ । यही माघमा नै प्रत्यारोपण हुने भएको छ, तर मिति भने पक्का भएको छैन ।’

लामो समयदेखि मिर्गौला रोगको उपचार गराउँदै आएकी पल्पसाका दुबै मिर्गौला खराब भएका छन् । गत साउनमा दुबै मिर्गौलामा खराबी आएपछि उनी करिब ३५ दिन अस्पताल भर्ना भएर बसेकी थिइन् ।

मिर्गौलामा खराबी आएपछि अभिनयबाट टाढा भएकी पल्पसा गत साताबाट सुटिङ सेटमा फर्किएकी छन् । अस्पताल भर्ना भएर बसेको बेला सुटिङ सेटमा पुनः फर्किने आशा मारेकी पल्पसाले सुटिङका कपडा निकालेर घरबाट निस्कँदा निकै भावुक भएको बताइन् ।

पल्पसालाई परिवारकै एक सदस्यले मिर्गौला दान गर्न लागेका हुन् । 





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ११:३१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया