अाइपिएल २०१९ का लागि सन्दीप दिल्ली डेयर डेभिल्समै रहने

काठमाडौँ– नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । 

सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई टिममा लिएको थियो । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

सन् २०१८ को आइपिएलमा दिल्लीले सन्दीपलाई ३२ लाखमा अनुबन्ध गरेको थियो । सन् २०१९ को आइपिएलमा अनुबन्ध गरेको रकम भने खुलाइएको छैन । 

सन् २०१८ को आइपिएलमा सन्दीपले दिल्लीका लागि तीन खेल खेल्दै पाँच विकेट लिएका थिए ।

सन्दीपले आइपिएलसँगै क्याराभिएन प्रिमियर लिग (सिपिएल), ग्लोबल टी–२० (क्यानडा) र अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेलिसकेका छन् । उनी अष्ट्रेलियन बिग बास लिग र बङ्गलादेश प्रिमियर लिगका लागिसमेत छनोट भइसकेका छन् । 
 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १२:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया