पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

विभिन्न ६ विद्यार्थी संगठनका नेताले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन्  । 

प्रधानमन्त्रीले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्।

ज्ञापनपत्रमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल क्रान्तिकरी अध्यक्ष प्रकाश शाही, मोहन वैद्य निकटअखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गरेका छन् ।
 





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १५:१०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया