काठमाडौँ– आगामी मङ्सिर २२ देखि पुस ७ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको छ ।
इपिएलको आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जानकारी दिएको हो । प्रतियोगिताले आइसिसीको मान्यता पाएवापत आयोजकले २० हजार अमेरिकी डलर आइसिसीलाई बुझाएको छ ।
“अमेरिकी डलरको भाउ बढेका कारणले २० हजार डलर बराबरको नेपाली रु २७ लाख ५० हजार नेपाल राष्ट्र बैंकमार्फत आइसिसीलाई पठाएका छौँ” इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“नेपालको वर्तमान अवस्थालाई ध्यानमा राख्दै आइसिसीले इपिएललाई मान्यता प्रदान गरेको छ । लिग विशेषगरी नेपाली क्रिकेट र नेपाली खेलाडीको हितमा छ”, आइसिसीलाई उद्धृत गर्दै विज्ञप्तिमा जनाइएको छ । इपिएलले पठाएको उक्त रकम आइसिसीले नेपालको क्रिकेट विकासमै खर्च गर्ने विज्ञप्तिमा जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।