कांग्रेस अधिवेशन : अछाम १ मा खसेकोभन्दा १८ मत बढी भेटियो, मतगणना स्थगित

नेपाली कांग्रेस अछामको दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएको अधिवेशन अन्तर्गतको चुनावको मतगणना भइरहेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । निर्वाचन क्षेत्र नं. १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेकोमा ७६५ मतपत्र भेटिएका हो ।

मत बढी भेटिएपछि मतगणना स्थगित भएको छ ।  मतगणनाको क्रममा ४१७ मत गनिसकेपछि बाँकी रहेका मत पेटिका खोलेर जम्मा मतपत्र संख्या गन्दा ७६५ पुगेको उम्मेदवारहरूले गुनासो गरेका छन् ।

खसेको भन्दा बढी मतपत्र भेटिएपछि अहिले सरोकारवालाहरू छलफलमा जुटेको निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १६:५३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया