यु–१९ राष्ट्रिय क्रिकेट : बागमतीको पहिलो जित

बाईबाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ७५ हराउँदै पहिलो जित दर्ता गरेको छ ।

२१४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो ।

गण्डकीलका लागि अर्जुन कुमालले सर्वाधिक ५५ रनको योगदान दिए । ३३.४ ओभरमा प्रतीक श्रेष्ठले गौतम केसीबाट क्याच गराउनुअघि उनले ९४ बलमा ६ चौका र १ चौका प्रहार गरे । सुवास भण्डारी र सुजन गौतमले १३–१३ रन बनाए ।

बागमतीका प्रतिश जिसी र तिलकबहादुर भण्डारीले ३–३ तथा गौलम केसी, प्रतीक श्रेष्ठ र सक्रियराज कार्कीले १–१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।

बागमतीका लागि विवेक रानामगरले ८९ रनको उत्कृष्ट पारी खेले । ४८.५ ओभरमा अभिशेख थापाले दीपक डुम्रेबाट क्याच गराउनुअघि उनले १११ बलको सामना गर्दै ११ चौका र ३ छक्का प्रहार गरे ।



कप्तान प्रतिश जिसीले २२ तथा प्रतीक श्रेष्ठले १७ रनको योगदान दिँदा सक्रियराज कार्की १४ रनमा अविजित रहे ।

गण्डकीका लागि अभिशेख थापा, सुदीप अर्याल र कमल परियारले समान ३ विकेट हात पार्दा विष्णु पाण्डेको नाममा १ विकेट रह्यो ।



यो जितसँगै बागमतीले २ अंक जोड्दा गण्डकीले लगातार दोस्रो पराजय बेहोरेको छ ।

पहिलो खेलमा बागमती प्रदेश १ सँग २६ रनले पराजित हुँदा गण्डकीले लुम्बिनी प्रदेशसँगको खेल ९ विकेटले गुमाएको थियो ।

  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १७:५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया