कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए मुख्यमन्त्री पोखरेल
फरकधार / ८ मंसिर, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित भएका छन् ।



नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी मत प्राप्त गर्ने दोस्रो नम्बरमा पर्दै पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

जिल्लाबाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका व्यक्तिमा गजेन्द्रबहादुर आले (५२५), कृष्णचन्द्र नेपाली पोखरेल ५२०, गणेश सापकोटा  (५०५), महेन्द्रध्वज जिसी (४८५), अशोक बस्ताकोटी  (४६५), मदनभक्त अधिकारी (४५७), बालकृष्ण घिमिरे (४४७), गोकुल सापकोटा (४२४), भरतराज तिवारी (४१४) र ओमप्रसाद सापकोटा (३८५) छन् ।

त्यस्तै महिला खुलातर्फ ओमकला गौतम (५३१), विष्णुकुमारी कँडेल (४६१), सङ्गीता घिमिरे काफ्ले (४४३), विष्णुदेवी पाण्डे (४०३) छन् । नवलपरासी बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ को सभापतिमा अमृत भट्टचन निर्वाचित भएका छन् । भट्टचनले ६७० मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी कमलप्रसाद पराजुलीले ४४७ मत प्राप्त गरेका छन् ।



सचिवमा अमृत श्रेष्ठ (५८७) र शालिकराम सापकोटा (५६४) निर्वाचित भएका छन् । सहसचिवमा टीकाराम सापकोटा (५८३ मत) र तेजप्रसाद घिमिरे (५८०) विजयी भएको निर्वाचन अधिकृत चूडामणि शर्माले जानकारी दिए । मंगलबार भएको निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ मा एक हजार १५१ मत खसेको थियो ।

  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार २१:४:५३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया