स्थानीय सरकार सञ्चालन ऐन संशोधनको तयारी

काठमाडौं–  ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’का केही प्रावधान अन्य कानुनसँग बाझिएकाले सरकारले उक्त ऐन संशोधनको तयारी गरेको छ । 

स्थानीय तह सञ्चालनका लागि ल्याइएको उक्त ऐन संघ र प्रदेशका केही ऐन र कानुनसँग बाझिएकाले संशोधनको तयारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । 

संशोधनका लागि मन्त्रालयले जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ र गाउँपालिका महासंंघसँग छलफल गरेको छ । 

‘सुरुमा हतार–हतारमा स्थानीय तह सञ्चालनका लागि ऐन ल्याइयो,’ उनले भने, ‘अहिले संघ र प्रदेशका विभिन्न कानुन बन्दा उक्त ऐनसँग बाझिए, त्यसैले संशोधन गर्न थालेका हौँ ।’ उनका अनुसार वन, भूमिसुधार, शिक्षा तथा करसम्बन्धी संघ र प्रदेशमा बनेका कानुनसँग उक्त ऐनमा भएका केही प्रावधान बाझिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १४:३९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया