कालीप्रसाद बाँस्कोटाको ‘सुन बाटुली’ सार्वजनिक

संगीतकार कालीप्रसाद बाँस्कोटाको नयाँ गीत बजारमा आएको छ । ‘सुन बाटुली’ बोलको सार्वजनिक गीत बाँस्कोटा आफैंले गाएका छन् । यो गीत पनि उनैले लेखेका हुन् ।

सार्वजनिक गीतमा सन्नी सुनमको म्युजिक प्रोडक्सन रहेको छ । गीतमार्फत बास्कोटाले प्रेमिकालाई सम्झिएर उनलाई पाउन गरेको आग्रह प्रस्तुत गरेका छन् ।

भिडियोमा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेका छन् । भिडियोमा कालीप्रसादलाई पफर्मरका रूपमा देख्न सकिन्छ ।

म्युजिक भिडियोको निर्देशन निश्चलले गरेका हुन् । 





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार ११:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया