महमूदुल्लाहले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

बंगलादेशका टी–ट्वान्टी टोलीका कप्तान महमूदुल्लाहले टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् ।  बंगलादेश क्रिकेट बोर्डका अनुसार उनले टेस्ट क्रिकेटबाट सन्न्यास घोषणा गरेका हुन् ।  

३५ वर्षीय अलराउण्डर महमूदुल्लाहले यही वर्ष जिम्बावेविरुद्धको सिरिजबाट टेस्टमा पुनरागमन गरेका थिए । उनले २००९ मा वेस्ट इन्डिजविरुद्ध खेल्दै टेस्टमा डेब्यु गरेका थिए ।

महमूदुल्लाहले बंगलादेशका लागि ५० टेस्टमा २ हजार ९१४ रन बनाएका छन् । जसमा उनको पाँच शतक सामेल छ । त्यस्तै, उनले टेष्ट करिअरमा ४३ विकेट पनि लिए ।  
महमूदुल्लाहले एकदिवसीय र टी–ट्वान्टी  क्रिकेटबाट भने तत्काल सन्न्यास घोषणा गर्ने छैनन् । 





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार ११:५६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया