१०४ प्रतिशतभन्दा बढीले वृद्धि भयो नेपालको निर्यात व्यापार
८२ अर्बभन्दा बढीको वस्तु निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालको निर्यात व्यापारमा उत्साहजनक वृद्धि भएको छ । भन्सार विभागका अनुसार २०७८ साउन, भदौ, असोज र कात्तिकमा नेपालले ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजार रुपैयाँको वस्तु विश्वका बिभिन्न देशमा निर्यात गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालले मात्र ४० अर्ब २० करोड ६४ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो चार महिनामा नेपालको निर्यात व्यापार १०४.२९ प्रतिशतले वृद्धि भएको छ । 

चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको आयात व्यापारमा समेत वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालले विश्वका विभिन्न देशबाट ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजार रुपैयाँको वस्तुहरू आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालले बिभिन्न देशबाट ४ खर्ब २ अर्ब ४९ करोड १ लाख ७८ हजार रुपैयाँको वस्तु आयातनिर्यात गरेको थियो । 

अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको आयात व्यापार ६१.५७ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । 

अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको व्यापार घाटा ५६.८३ प्रतिशतले वृद्धि भएको विभागको तथ्याङ्कले देखाउँछ । 



चालू आर्थिक वर्ष २०७८/७८ को साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालले  ५ खर्ब ६८ अर्ब १७ करोड १८ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड १ लाख १३ हजार रुपैयाँ रहेको थियो । 

विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा नेपालको कूल वैदेशिक व्यापार ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ४२ अर्ब ६९ करोड २ लाख ४२ हजार रुपैयाँ रहेको थियो । 



अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको सुरुवाती चार महिनामा नेपालको कुल वैदेशिक व्यापार ६५.४५ प्रतिशतले वृद्धि भएको छ । 

  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १२:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया