एमाले महाधिवेशनः खगराज अधिकारीले सचिव पदमा दाबी गर्ने
फाइल तस्वीर ।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको माहोल यतिबेला चितवनमा तातिसकेको छ । केही एमाले नेताहरु चितवन आइसकेका छन् भने केही आउने क्रम जारी छ ।
एमाले नेताहरु महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न बैठकहरुमा व्यस्त छन् ।

यहीबीच नेकपा एमाले नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले पनि एमाले सचिवमा दाबी गर्ने भएका छन् ।

‘म यसपटक सहमति भए पनि वा निर्वाचनमा जान परेको खण्डमा पनि सचिव पदका लागि दाबी गर्दै छु,’ चितवन आइपुगेका अधिकारीले फरकधारसँग भने, ‘लामो समयदेखि मैले पार्टीका लागि जुन काम गरेको छु, त्यसले पनि मलाई यो पदका लागि उपयुक्त बनाएको छ ।’

अधिकारी एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट हुन् ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १२:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया