जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ता

सन् २०१० मा अमेरिकी गोप्य दस्तावेज सार्वजनिक गरेकाे अाराेप लागेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ । 

विकिलिक्सका अनुसार अमेरिकी अभियोजनकर्ताहरूले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेका छन् । तर, असान्जविरुद्धको अभियोगको प्रकृतिबारे स्पष्ट हुन सकेको छैन । 

‘अमेरिकी न्याय विभागले एउटा शिलबन्दी अभियोगपत्र अदालतमा पेस गरेको पाइयो,’ विकिलिक्सले ट्विटरमा लेखेको छ । अमेरिकी सहायक महान्यायाधिवक्ता केल्लेन ड्वाएरले अदालतमा असान्जविरुद्धको खामबन्दी अभियोगपत्र दर्तामा रहेको र त्यो अझै नखोलिएको बताइन् । उनले अदालतलाई अझै पनि उक्त अभियोगको खाम नखोल्न आग्रह गरिन् । 

मुद्दाको संवेदनशीलताका कारण गोपनीयता राख्न जरुरी भएको बताएकी ड्वाएरले असान्जलाई पक्राउ नगर्दासम्म उक्त खामबन्दी अभियोगलाई खामबन्दी नै राखिने बताइन् ।





  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १५:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया