नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गरी चितवनका केही स्थानमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह हुँदै छ भने त्यसपछि बन्द सत्रका कार्यक्रममा सौराहामा हुनेछ ।
उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि विदेशी पाहुनाको उपस्थिति हुने भएकाले सवारी व्यवस्थापनका लागि केही स्थानमा सवारी साधन प्रवेशमा रोक लगाइएको हो ।
पुलचोकदेखि चौबिसकोठी हुँदै केन्द्रीय बसपार्क चोकसम्म, हाकिमचोक देखि गौरीगन्ज जाने सडक, चौबिसकोठीदेखि त्रिचोक खण्ड, सहिद चोकबाट उत्तर र दक्षिण जाने खण्ड, पुलचोकबाट उत्तर र दक्षिण जाने खण्ड र रमाइलो चोकबाट विशाल चोक निस्किने खण्डमा सवारीसाधान सञ्चालनमा रोक लगाइएको छ ।
ट्राफिक व्यवस्थापनका लागि भन्दै सार्वजनिक गरिएको नक्सामा रातो धर्को तानिएको सडकखण्डमा सवारी साधनको प्रवेशमा रोक लगाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।