एमाले महाधिवेशनः ओली चितवनमा, सर्वसम्मत नेतृत्वका लागि छलफल सुरु गरे

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चितवनमा आए लगत्तै सर्वसम्मत नेतृत्व चयनका लागि छलफल सुरु गरेका छन् । केहीबेरअघि चितवनको भरतपुर विमानस्थलमा आएका एमाले अध्यक्ष ओलीलाई एमालेकै नेताहरु तथा जिल्ला प्रमुखअधिकारीलगायतले स्वागत गरेका थिए । 

विमानस्थलबाट सोझै एमाले महाधिवेशनको बन्दसत्र हुने स्थान सौराहा पुगेका ओलीले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनका लागि छलफल सुरु गरेका छन् । 

उनीसँगै छलफलमा एमाले नेताहरु सुवास नेम्वाङ, सुरेन्द्र पाण्डेलगायत भएको उनीनिकट एक नेताले फरकधारलाई जानकारी दिएका छन् ।

‘अन्तिमसम्म पनि सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी चलिरहेको छ,’ ती नेताले भने, ‘यही विषयमा केन्द्रित छलफल सुरु भएको हो ।’





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १४:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया