कैलालीमा महिलाको मृत्यु भएपछि ट्रकमा आगजनी, राजमार्ग अवरुद्ध

कैलालीमा महिलालाई ठक्कर दिन ट्रकमा आगजनी गरिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको लम्की बजारमा ना २ ख ९३७० नम्बरको ट्रकले बिहीबार दिउँसो महिलालाई ठक्कर दिएको थियो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार टीकापुर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको हो । 

ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ ।

यस्तै स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले आधा दर्जन बढी सेल अश्रुग्यास प्रहार गरेको थियो । लम्की बजार पनि बन्द गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १४:११:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया