अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’विनै सञ्चालन

काठमाडौं– काठमाडौँ उपत्यकाका अधिकांश अस्पताल ‘फोहर पानी प्रशोधन केन्द्र’ विनासञ्चालनमा रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले हालै गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश अस्पतालले फोहर पानी सीधै ढलमा मिसाउने गरेको तथ्य फेला परेको हो । 

विभागले वातावरण निरीक्षकको नेतृत्वमा चार समूह गठन गरी उपत्यकाका ३० भन्दा बढी अस्पतालमा वातावरणीय कानुनका आवश्यक मापदण्ड पालना गरे/नगरेको सम्बन्धमा स्थलगत अनुगमन गरेको थियो । वातावरण निरीक्षकको टोलीले अस्पतालमा फोहर पानी प्रशोधन केन्द्र, संक्रमण फोहरको व्यवस्थापन, धुलो धुवाँलगायत वातावरणीय कानूनी मापदण्ड पालना गरेको सम्बन्धमा अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा सुष्मा कोइराला मेमोरियल अस्पताल र बिएण्डबीले मात्र त्यस्ता सबै मापदण्ड पूरा गरेको पाइएको विभागका उपमहानिर्देशक सफला श्रेष्ठले जानकारी दिए । ‘अनुगमन गरिएका अस्पतालमध्ये सुष्मा मेमोरियल र बिएन्डबी अस्पतालले मात्र फोहर पानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको देखियो,’ उनले भने । 

नरदेवीस्थित आयुर्वेद चिकित्सालयले त अस्पतालबाट निस्कने संक्रमित फोहर नछुट्यार्इ सीधै नगरपालिकाको फोहरमा फाल्ने गरेको अनुगमनमा गएका वातावरण निरीक्षकले जानकारी दिए । 

टोलीले अनुगमनका क्रममा मापदण्ड पालना नगर्ने सहिद मेमेरियल अस्पताल, विनायक, बिपी स्मृति, ग्रिन सिटी, नेपाल आँखा अस्पताल, नर्भिक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, मनमोहन मेमेरियल सामुदायिक (ठमेल), काठमाडौँ भ्याली, ओम, नोबेल, कान्तिपुर, एभरेस्ट, सशस्त्र प्रहरी बल अस्पताल, किस्ट मेडिकल कलेज, सुमेरु अस्पताल व्यवस्थापन पक्षसँग बयान लिएको उपमहानिर्देशक श्रेष्ठले बताए । 

अनुगमनका क्रममा केही सुधारका लागि मनमोहन मेमेरियल (स्वयम्भू), गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौँ मोडेल, वीरेन्द्र सैनिक, नेपाल मेडिकल कलेज (जोरपाटी), अर्थोपेडिक अस्पताल, मेडिकेयर, हेल्पिङ हेन्ड्सलगायतलाई सुधारका लागि सुझाब दिइएको थियो । 



विभागले मापदण्ड पालना नगरी वातावरण प्रदूषण गर्ने अस्पताललाई सुरुमा सुझाब दिई त्यसपछि सुधारका लागि प्रतिबद्धता दिलाउने गरेको छ । त्यसको पालना गरे/नगरेको पुनः अनुगमन गरी सुधार नगर्नेलाई कारबा गर्न मन्त्रालयलाई सिफारिस गर्ने गरेको विभागले जनाएको छ । 



  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १७:१६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया