युवा स्वरोजगार कोष विचौलियाहरुको कमाई खाने भाँडो बन्योः मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवा लक्षित कार्यक्रमहरुलाई एकै ठाउँ केन्द्रित गर्नुपर्ने बताएका छन् । 

युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको भए पनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेको तर्फ ईगिंत गर्दै मन्त्री गहतराजले युवा लक्षित गतिविधिहरुलाई एउटै संयन्त्रमा ल्याउनुपर्ने बताए । 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गरिबी निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका युवा परिषद तथा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई एकै ठाँउमा केन्द्रित गरेर लक्षित वर्गसम्म बृहत रुपमा पहुँच विस्तार हुने खालको वातावरण बनाउनुपर्ने उनले जनाए । 

मन्त्रालय मार्फत युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन सहुलियतमा ऋण तथा अनुदान प्रवाह गर्ने भनिएता पनि नीतिगत रुपमै समस्या देखिएकाले त्यसको कार्यान्वयन पक्ष फितलो रहेको मन्त्री गहतराजले बताए । 

सरकारले युवाहरुलाई सहज रुपमा ऋण प्रवाह गर्ने उद्धेश्यले स्थापना गरेको युवा स्वरोजगार कोष विचौलियाहरुको कमाई खाने भाँडोका रुपमा परिणत हुँदै गएकोमा उनले चिन्ता समेत ब्यक्त गरे । 

विदेशी भूमीमा गएर श्रम बेच्न बाध्य युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउनकालागि आवश्यक रणनीति तय गर्न बृहत् युवा सम्मेलनको आवश्यकता रहको उनले औंल्याए । 



मन्त्री गहतराजले प्राकृतिक स्रोत साधन र युवाहरुको श्रमलाई सहि ढंगले सदुपयोग गर्न सकेमा समृद्धिको नयाँ ढोका खोल्न सकिने विश्वास समेत ब्यक्त गरे । 



  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १७:५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया