गौतम गम्भिर लाई मार्ने धम्की पाकिस्तानबाट पठाइएको थियोः रिपोर्ट

भारतीय जनता पार्टीका सांसद तथा क्रिकेटर गौतम गम्भिर लाई मार्ने धम्की पाकिस्तानबाट आएको भारतीय प्रहरीले जनाएको छ । 

समाचार एजेन्सी एएनआईले दिल्ली प्रहरी स्रोतलाई उद्धृत गर्दै यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । ज्यान मार्ने धम्की दिने व्यक्ति शाहिद हमीद भएको जनाइएको छ । 

गम्भिर ले आफ्नो ज्यान लिने धम्की सहित दुई इमेल प्राप्त भएको बताएका थिए । आइएसआइएस कश्मीरको नाममा पठाइएको इमेलमा चौबिस घण्टा भित्र गम्भिर  र उनको परिवारको ज्यान लिने उल्लेख थियो । 

‘हामी तिमी र तिम्रो परिवारका सदस्यलाई मार्न गइरहेका छौं,’ गम्भिर लाई पठाइएको पहिलो इमेलमा लेखिएको थियो ।  

दोस्रो इमेलमा भनिएको थियो, ‘हाम्रो उदेश्य तिम्रो ज्यान लिने थियो तर तिमी बच्यौ । यदि तिमीलाई तिम्रो परिवारका सदस्यको माया लाग्छ भने राजनीति तथा कश्मीर मुद्दाबाट टाढै बस ।’ 

इमेल मार्फत धम्की आएपछि गम्भिर को घर बाहिर सुरक्षा बढाइएको छ । (बिबीसी) 
 





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १७:२५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया