प्रदेश १ खेलकुद बोर्डको योजना सार्वजनिक, पदक जित्ने खेलाडीलाई मासिक प्रोत्साहन भत्ता

प्रदेश १ खेलकुद विकास बोर्डले विगत डेढ महिनामा गरेका कामहरू तथा आगामी योजना सार्वजनिक गरेको छ । बोर्डले प्रदेशमा भइरहेको खेलकुद संरचनालाई व्यवस्थित पार्दै खेल र खेलाडीको विकासका लागि बनाइएको नयाँ योजना सार्वजनिक गरेको हो । 

नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका बोर्डका सदस्यसचिव कृष्ण बस्नेत परशुरामले यो अवधिमा सुतेको खेलकुदलाई जगाउने काम गरेका बताए । थोरै समयमा धेरै महत्त्वपूर्ण नीतिगत र व्यवस्थापकीय काम सम्पन्न गरेको उनको भनाइ छ ।

उनले बोर्ड गठन भएपछि सम्पन्न भएका तीनवटा बैठकबाट खेलकुदका भौतिक संरचना, खेल र खेलाडीको स्तरोन्नति लगायतका महत्त्वपूर्ण निर्णय भएको बताए ।

बैठकले बोर्ड र जिल्ला खेलकुद विकास समिति सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड ५ लाख रुपैयाँ विभिन्न २६ वटा शीर्षकमा विनियोजन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडीलाई आवश्यक कानून निर्माण गरेर मासिक रूपमा प्रोत्साहन भत्ता लागू गर्ने बोर्डले निर्णय गरेको छ ।

त्यस्तै सदस्यसचिव बस्नेतले १० बुँदे आगामी योजना पनि सार्वजनिक गरेका छन् । राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई १ महिनाको बन्द प्रशिक्षणमा राखिने र प्रदेशस्तरीय खेलकुद एकेडमी ५ वर्षभित्र सञ्चालन ल्याउनुका साथै प्रदेशलाई देशकै खेलकुद हबको रूपमा विकास गर्ने उनले बताए ।



प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्नुका साथै विराटनगर, इटहरी, धरान र भद्रपुरलगायतको रंगशालाको आवश्यकता हेरी स्तरोन्नति गर्दै लैजाने बोर्डले जनाएको छ । यसै वर्ष सप्ताहव्यापी बृहत् खेलकुद महोत्सव गर्नुका साथै प्रदेशस्तरीय बृहत् महिला खेलकुद महोत्सवसमेत गर्ने योजना बोर्डले बनाएको छ ।



  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १८:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया