एमाले महाधिवेशनमा सवारी व्यवस्थापन गर्न बाहिरबाट ल्याइयो थप ट्राफिक प्रहरी

नेकपा एमालेको १०औं महाधिवेशनका लागि चितवनमा ट्राफिक व्यवस्थापन चुस्त पारिएको छ ।

भोलि शुक्रबार नारायण नदी किनारमा उद्घाटन हुने महाधिवेशनमा एमालेले ५ लाखभन्दा बढी नागरिक उतार्ने तयारी गरेका बेला प्रहरीले ट्राफिक व्यवस्थापन मिलाउन प्रदेश बाहिरबाट जनशक्ति मगाएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी नवराज अधिकारीले सुरक्षा योजनाबमोजिम आवश्यकताअनुसार विभिन्न प्रदेशबाट झिकाएर प्रचुर मात्रामा ट्राफिक प्रहरी परिचालन गरिएको बताए ।

उनकाअनुसार सय जना बाहिर प्रदेशबाट झिकाइएको छ । ६० जना आन्तरिक प्रदेशबाट खटिएका छन् । प्रदेश ट्राफिक र चितवनको जनशक्ति छुट्टै खटिएको छ ।

एआईजी सहकुल थापाको कमाण्डमा सम्पूर्ण रूपमा सुरक्षा योजना अपनाई प्रहरीहरू परिचालन भएको उनले जानकारी दिए । उनकाअनुसार एआईजी थापा, प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्की चितवन आइसकेका छन् ।

यसका साथै बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मालबहाक सवारी प्रवेशमा पूर्ण रोक लगाएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार १९:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया