एमाले महाधिवेशन थप दुई दिन लम्बिन सक्ने

शुक्रबारदेखि चितवनमा सुरु हुन लागेको एमाले महाधिवेशन थप दुुई दिन लम्बिने सम्भावना देखिएको छ । मंसिर १०–१२ का लागि तय भएको महाधिवेशन सम्पन्न हुन थप दुई दिन लाग्ने देखिएको हो । 

एमाले अध्यक्ष ओली सकेसम्म सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा छन् । पदाधिकारी मात्रै होइन, स्वयं अध्यक्षमा पनि ओली सर्वसम्मत हुने सम्भावना कम छ । उपाध्यक्ष भीम रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । 

केही नेताले छिटपुट रुपमा उम्मेदवारी घोषणा गरे पनि अधिकांशले अध्यक्ष ओलीकै मुख ताकेर बसेका छन् । स्वयं ओलीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । 

एमालेको पदाधिकारीमा धेरैको आकांक्षा देखिएका कारण अधिवेशनको अवधि लम्बिने सम्भावना बढेको स्रोतले फरकधारलाई बतायो । पदाधिकारी व्यवस्थापनका लागि छलफल गर्नका लागि थप दुई दिन लाग्न सक्ने स्रोतको भनाइ छ ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार २२:१५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया