एमालेलाई उपेन्द्रको शुभकामना : महाधिवेशन सार्थक बनोस्

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको १०औँ महाधिवेशन सार्थक बनोस् भनेर शुभकामना दिएका छन् । उनले चितवनमा एमालेको महाधिवेशनमा शुभकामना सन्देश दिँदै भने 

'तपाईंहरूको महाधिवेशन सार्थक बनोस् । एकातिर विविधतालाई एकतामा एकतालाई विविधतामा लाने भइरहेको छ । अर्कोतिर लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, राजनीति र शासन प्रणालीलाई निर्देशित बनाउने काम भएको छैन' उनले भने । 

उनले राज्यका निकाय निष्क्रिय बनेको बताए । उनले राज्यका निकायलाई प्रभावकारी बनाउन ढिला गर्न नहुने बताए ।
'राज्यका निकाय निष्क्रिय बनेका छन् । यसलाई प्रभावकारी बनाउन ढिलो गर्न हुन्न । हामी नेता र कार्यकर्ता देश र जनताप्रति उत्तरदायी छौँ' उनले भने ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १४:२६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया