संवादमार्फत लिम्पियाधुरा, लिपुलेक र कालापनीको जमिन फर्काउनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फर्काउनु पर्ने बताएका छन् । चितवनमा जारी १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै  उनले यस्तो बताएका हुन् । उनले नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदुरी कायम राखेर अघि बढ्ने चाहेको बताए ।

‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ' उनले भने ।

उनले जमिन फिर्ता नलिए दबिएको र हेपिएको अनुभूति हुने बताए । उनले जमिन फिर्ता लिएर वास्तविक मित्रता वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहेको बताए । उनले विश्व सहकार्यका साथ अघि बढ्नुपर्ने समय आएको पनि बताए ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १५:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया