राखेप सदस्य सचिवका लागि दीपक विष्टको दर्खास्त

कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव पदका लागि दर्खास्त दिएका छन् । 

विष्टले शुक्रबार सो पदका लागि दरखास्त  दिएका हुन् । उनले खेलकुद क्षेत्रको विकासका लागि आफूले उम्मेदवारी दिएको बताए । 

दक्षिण एसियाली खेलकुद (साग)मा लगातार चार स्वर्ण पदक हात पारेका विष्ट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दोस्रो नेपाली तथा एक्लो पुरुष खेलाडी हुन् । 

उनले सन् २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए । विष्ट पछिल्लो समय प्रशिक्षकका रूपमा कार्यरत छन् । 

राखेपको सदस्य सचिवमा उम्मेदवारी दिने भएपछि विष्टले नेपाल तेक्वान्दो संघको सचिव पदवाट राजीनामा दिएका थिए ।

सरकारले तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई हाटाएपछि रित्त रहेको पद पूर्तीका लागि युवा तथा खेलकुद मन्त्रालयले मंसिर ४ मा सूचना जारी गर्दै ७ दिने खुल्ला दरखास्त आह्वान गरेको थियो । 



आवेदनको अन्तिम दिनसम्म आइपुग्दा नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ, डा.अच्युतम लामिछाने लगायत १४ जनाले राखेप सदस्य सचिवका लागि दरखास्त दिएका छन् । 



  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १६:२३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया