नेता भण्डारीले घोषण गरे ‘स्मार्ट कांग्रेस निर्माणमा सर्वपक्षीय युवा नेतृत्व’ अभियान

कैलालीका युवा नेता क्षितिज भण्डारीले ‘स्मार्ट कांग्रेस निर्माणमा सर्वपक्षीय युवा नेतृत्व’ अभियान सुरु गरेका छन् ।

भण्डारीले शुक्रबार कैलाली/कञ्चनपुरको सीमाना रहेको गौरीफन्टा नाका नजिकको ७५३/१७१ पिल्लर छेउमा रहेको डोके बजारमा पत्रकार सम्मेलन गर्दै यस्तो अभियानको सुरुवात गरेका हुन् । उनले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार रहने समेत बताएका छन् । सबैको सुझाव सल्लाहअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनले बताए ।

कैलाली क्षेत्र नं. ५ बाट नवनिर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि अभियान देशभरी रहने बताए । ‘कांग्रेसलाई स्मार्ट बनाउन देशभरी अभियान सुरु गरेको छु’, उनले पत्रकार सम्मेलनमा भने ‘अहिले वडादेखि जिल्ला प्रदेशमा युवाहरूको नेतृत्व आएको छ । युवाहरूले देशभर एक भएर जान आवश्यक छ ।’

उनले सुदूरपश्चिम प्रदेशको विकासका लागि कांग्रेसको प्रदेश अधिवेशनमा बहस, छलफलपछि मात्र नेतृत्व छानिनुपर्ने बताए । कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउनका लागि केन्द्रीय महाधिवेशन छलफल पनि गर्न आवश्यक रहेको उनले बताए ।

२५ वर्षदेखि कांग्रेसमा राजनीति गर्दै आएका युवा नेता भण्डारीले २०५३ साल धनगढीमा रहेका ऐश्वर्य माविको अध्यक्ष हुँदै, कैलाली बहुमुखी क्याम्पसको स्ववियु उपसभापति, नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत भइसकेका छन् ।

पछिल्लो समय भण्डारी बाढी पहिरो, कोरोनाकाल र आगलागीलगायतका घट्ना पीडितलाई सहयोग गर्न तर्फ अग्रसर हुने गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १७:३३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया