आज बस्दै छ एमाले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आज सुरु भएको छ । शुक्रबार दिउँसो नारायणी किनारमा यो महाधिवेशन सुरु भएको हो ।

अब एमालेको महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलिबाट चितवनको सौराहामा सुरु हुँदैछ ।

एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि चितवन र सौराहा क्षेत्रमा व्यस्तता निकै बढेको छ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक आज साँझ आठ बजे बस्दै छ । 

एमाले केन्द्रीय सदस्य तथा दसौं महाधिवेशनमा सचिवका आकांक्षी ठाकुर गैरेले केन्द्रीय कमिटी बैठक बस्ने सूचना आएको फरकधारलाई जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १७:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया