अमेरिकाले एसिया प्रशान्तमा सैन्य गतिविधि बन्द गर्नुपर्छ : चीन

चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया-प्रशान्त क्षेत्रमा 'नजिकको जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन' लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी झडपसम्बन्धी अधिकारीहरूलाई जवाफदेही बनाउन टकराव कम गर्न र अमेरिकी सेनाको कारबाहीबारे पत्रकार सम्मेलनमा सोधिएको आधिकारिक प्रतिक्रियाका रूपमा उक्त टिप्पणी गरेका हुन् ।

वूले  भने, 'टकराव भएको बेलादेखि, अमेरिकी पक्षको अप्ठ्यारो र गोप्य मनोवृत्तिले अन्तर्राष्ट्रिय समुदायमा अनिवार्य रूपमा शंका उत्पन्न गरेको छ ।'

'अमेरिकी पक्षले तीनवटा प्रश्नको स्पष्ट जवाफ दिनुपर्छ । पहिलो, अमेरिकी पनडुब्बीको नेभिगेसनको उद्देश्य के हो ? दोस्रो, टक्करको सही स्थान के हो ? अन्तमा, यसले आणविक चुहावट वा समुद्री वातावरणीय प्रदूषण निम्त्यायो कि निम्त्याएन ?' आधिकारिक चिनियाँ सैन्य समाचार मिडिया केन्द्रले उल्लेख गरेको छ ।

चीनले यस घटनाको मूल कारण एसिया-प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य जहाजहरूद्वारा गरिएको व्यापक र उच्च-तीव्रताको नजिकको जासुसी, हस्तक्षेप, उक्साहट र बल प्रदर्शनका साथै अमेरिकी 'सैन्यकरण' हो भन्ने विश्वास गरेको वूले टिप्पणी गरेका छन् ।

'हामी अमेरिकी पक्षलाई त्यस्ता गतिविधिहरू तुरुन्तै बन्द गर्न आग्रह गर्दछौं, ताकि पर्खालमा आफ्नो टाउको नठोकियोस्' वुले भने ।



ताइवानको एयर डिफेन्स इन्टिग्रेशन जोनमा चिनियाँ सेनाको घुसपैठलाई लिएर अमेरिका र चीनबीच बढ्दो तनावको बीचमा यो दुर्घटना भएको हो ।

संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले क्यारियर स्ट्राइक ग्रुप २१ भनेर चिनिने यस क्षेत्रमा बलको एक प्रमुख बहुराष्ट्रिय प्रदर्शन गरिरहँदा कनेक्टिकट दक्षिण चीन सागरको वरपरको पानीमा सक्रिय रहेको सञ्चार माध्यमहरूले जनाएका छन् ।



  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १७:५२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया