आफ्नै कार्यकर्ताका कारण जाममा फसे केपी ओली
फाइल तस्वीर

१०औं महाधिवेशनबाट होटल फर्कने क्रममा एमाले अध्यक्ष केपी ओली जाममा फसेका छन् । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारबाट होटल फर्कनेक्रममा उनी टिकौलीमा जाममा फसेका छन् । 

ओली चढेको गाडी जाममा परेपछि जाम खुलाउन धौ–धौ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए ।

शुक्रबार दिनभरजसो जाम भएपछि कतिपय एमाले कार्यकर्ताहरु हिँडेर महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनार पुगेका थिए । टिकौली जंगल नारायणी नदी किनारबाट करिब चार किमी पूर्वतर्फ पर्छ । 

महाधिवेशनमा सहभागी हुन आएका नेता कार्यकर्ता एकसाथ उद्घाटनस्थलवाट निस्किएका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । जामकै कारण उद्घाटन समारोहमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीपनि ढीला गरी पुगेका थिए । 





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १७:५४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया